सुगमको ‘मायालु साबुन’ मा दीपक र पूजाको जोडी



काठमाडौं। गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन…’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । काग तिहारको दिन पारेर शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् ।

गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । भिडियोमा गायक सुगम पोखरेलको साथमा मोडल दीपक घिमिरे, पूजा गिरी,नीभा अधिकारी तथा इकृना बल्ल फिचर्ड छन् । भिडियोमा गायक पोखरेल भिन्न गेटअपमा प्रस्तुत भएका छन् ।

नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने पदम सुवेदीले यसलाई सम्पादन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् । यो भिडियो गायक पोखरेलकै यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।