अन्जुको गीतमा राजेश र करिश्माको जोडी (भिडियो)



काठमाडौँ। अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘यादका लहरहरु’ बोलको गीतमा डा.प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको छ। हरी हुमागाईंले निर्देशन गरेको भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरलाई फिचर्ड गरिएको छ। उत्तम हुमागाईंले छायाँकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन्।

थुप्रै चलचित्रमा राजेश र करिश्माको जोडीलाई दर्शकले मन पराएका थिए। बेला बेला म्युजिक भिडियोमा समेत देखिने जोडीको यो भिडियोलाई पनि दर्शकले रुचाउने निर्माण टिमको बिस्वाश रहेको छ। भिडियो एसिएन म्युजिकको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।