वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को दोस्रो सिजन सुरु



काठमाडौँ। पहिलो सिजनको सफलता पश्चात वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को दोस्रो सिजनको प्रिमियर सुरु भएको छ । युवापुस्ता लक्षित सिरिजका दुई शृंखला युट्युबमा सार्वजनिक भइसकेका छन् । ‘ह्याप्पी रेकर्ड्स नेपाल’को युट्युब च्यानल र प्रत्येक सोमबार राती ८.३० बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुने सिरिजको निर्देशन सुजन मानन्धरले गरेका हुन् ।

सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतानलगायतले अभिनय गरेका छन् ।

पूर्ण मनोरंजनका साथै समसामयिक कथाबस्तुको संयोजन रहेको ‘तिम्रो ल्याङ्ग ल्याङ्ग – सिजन २’को कथा/पटकथा सुमन चित्रकार श्रेष्ठले लेखेका हुन् । निस बज्राचार्यले खिचेको सिरिजमा अल्मोडा राना उप्रेतीको संगीत, कर्ण श्रेष्ठको शब्द र निर्देशक सुजनकै सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.