राजेशपायलको ‘पूर्वै शहर’ मा सन्तोष र सलिना (भिडियो)



काठमाडौँ । नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च र टेलीफिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत हानिएका निर्देशक हुन् शन्त कुमार राई । कलाकारिताको दुनियामा केही न केही नयाँपन दिन खोज्ने यि निर्देशक बेलायत पुगेपछि पनि कलाकारिताकै क्षेत्रमा मलजल गर्नमा अभ्यस्त छन् । केही टेली शृंखला निर्देशन गरेका राईले पहिलो वाम्बुले भाषाको चलचित्र ढ्वाङ्कुमका निर्देशक हुन् । उनै निर्देशक राईले बेलायतमा नै निर्देशन गरेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक राजेशपायल र निलम रोजु राईको स्वर रहेको गीतमा आलोक चाम्लिङ राईको शब्द, गायिका निलम रोजु राईको संगीत शृजना समावेश छ । जसमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको भिडियोमा परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरु को कथा आफ्नो देश कला संस्कृति र माटोको माया भयर पनि बर्षे देखि जन्म भुमि देखि पर रहेर बाच्नु पर्ने बाध्यता र देश प्रतिको मायालाई भिडियोमा देखाईएको छ । नेपाली गाउँठाउँकै झल्को दिने बेलायतका रमणीय दृश्यहरु समेटिएको भिडियोको छायाङ्कन सुमन श्रेष्ठले गरेका हुन् ।