‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्धित



काठमाडौँ। सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्ध भएका छन् । पारी त्यो डाँडामा,निरा जहिले रिसाउने,साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार बास्कोटा बीच ‘चिलगाडी’को लागि निर्माता र निर्देशक सहित बसेर सम्झौता भएको छ । काली प्रसाद बास्कोटाले मेहनत गरेर उत्कृस्ट गीत बनाउने निर्माण टिमले बिस्वाश लिएको छ। उनका पहिलेका गीत संगीत जस्तै ‘चिलगाडी’को गीतले पनि दर्शक श्रोताको माया पाउने आशा निर्माण टिमको रहेको छ।

चलचित्रमा मुख्य अभिनेतामा नाजिर हुसेन अनुबन्ध भईसकेका छन् । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिसेष सन्देश समेत बोक्ने छ। चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन। सागर प्रधानले छायाँकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राबिधिकहरु फाईनल हुन बाँकि रहेको छ। फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.