रचनाको ‘पहिलो माया’ मा केकी,सुधिर र प्रियाना (भिडियो)



काठमाडौँ। गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ । प्रेम कथामा बनेको गीतको म्युजिक भिडीयो उत्कृष्ट बनेको छ । भिडीयोलाई निकेस खड्काले निर्देशन गरेका हुन् ।

सार्वजनिक भिडियोमा केकी अधिकारी ,सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ । पुनम मोथे अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गीतमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन रहेको छ । यस अघिका दुई गीतहरु “झुठो रैछ तिम्रो माया” र “सयौं जुनी” झैँ पहिलो मायालाई समेत दर्शक स्रोताहरुले रुचाउने गीतकार मोथे बताउछिन् ।