राहुल र मेलिनाको ‘जिवन सुनमा सुगन्ध’ सार्वजनिक (भिडियो)



काठमाडौँ। राहुल रक्स र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जिवन सुनमा सुगन्ध’ बोलको गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ। माया प्रेमको भाव बोकेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ।

लामो समय देखि चलचित्र पत्रकारितामा सक्रिय तथा गायक समेत रहेका सुरज पौडेलले भिडियोलाई निर्देशन गरेका छन्। सुरजको यो पहिलो निर्देशकीय भिडियो हो। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियो ओएसआर डिजीटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। जगत रेग्मीले कोरियोग्राफी गरेको भिडियोलाई प्रिजम मुभिजले निर्माण गरेको हो। भिडियोमा जुना गुरुङ र शान्तकारम थापा फिचर्ड छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.