प्रताप र अस्मिताको ‘आउ माया साथैमा’ सार्वजनिक(भिडियो)



काठमाडौँ। प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आउ माया साथैमा’ बोलको गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ ।

डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा काट्रुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । भिडियोमा सरोज र आश्माले धमकेदार नृत्य प्रस्तुत गरेका छन् ।

माइकल चन्दले यस भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा माइकल सेट-अप एण्ड डान्स एकेडेमीको करियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पदान तथा कलर शिलन लम्सालले गरेका छन् । भिडियो इनाक्षी इन्टरटेन्टमेन्ट अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।