युवराजको स्वास्थ्यकर्मीहरु प्रति समर्पित ‘संसार रोएको छ’ (भिडियो)



काठमाडौँ। गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक गरिएको छ । गायक चौलागाईंको स्वरमा ‘संसार रोएको छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीत कोभिड–१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुप्रति समर्पित छ । गीतमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको योगदानको प्रशंसा गरिएको छ ।

कौशिला खनाल कर्मचार्यको शब्द रहेको गीतमा गायक चौलागाईंकै संगीत छ । भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोका छायाँकर एसु बस्नेत हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.