राजु लामा र निर्मलाको ‘तिम्रो साथ बिना’ सार्वजनिक (भिडियो)



काठमाडौं । चर्चित गायक मंगोलियन हर्ट राजु लामाको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै गीतको निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो ।

कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको गीत तिमी विनाको साथमा मंगोलियन हर्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर समावेश छ । दोलखाको पर्यटकीय स्थल कालिञ्चोक आसपास बढि लगानीमा छायाँकन गरिएको गीतमा आसमान तामाङ वाईबा र अमिता दोङको अभिनय रहेको छ ।

अजय स्याङताङले निर्देशन गरेको गीतलाई विक्रम मोक्तान र चक्र महर्जनले खिचेका हुन् । आसमानसँगै विना घलानको लगानी गीतमा रहेको छ ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य निर्देशक संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, नायिका चाँदनी मोक्तानलगायतको उपस्थिती रहेको थियो ।

मंगोलियन हर्ट राजु लामाले धेरै समयको अन्तरालमा तिम्रो साथ विना बजारमा ल्याएका हुन् । दोलखाको पर्यटकीय संभावनालाई ध्यानमा राखेर कालिञ्चोकमै छायाँकन गरेको निर्माण पक्षले जानकारी दिएका छन् ।