अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ९ घण्टामा नै ट्रेण्डिङ्ग नम्बर १ मा



काठमाडौँ। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ यु ट्युबमा सार्वजनिक गरिएको ९ घण्टामा ट्रेण्डिङ्ग नम्बर १ मा आएको छ । बुढासुब्बा डिजिटलको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको चलचित्रले २४ घण्टा पनि नपुग्दै १२ लाख ५० हजार भन्दा बढी भ्युज पाएको छ। झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ गत साल प्रदर्शनमा आएको थियो । ब्यबसायिक रुपमा सफल तथा डेव्यु चलचित्रमा नै सुहानाकोअभिनयको प्रशंसा भएको थियो । निर्माता सुनिल कुमार थापा यही समुह लिएर यतिबेला ‘ए मेरो हजुर ४’ खिचिरहेका छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.