मगर गीत ‘डिस्या र डी लख’ मा रमेश बाबु (भिडियो)



काठमाडौं । मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा मगर फिल्मका लोकप्रिय नायक रमेश बाबु थापा मगरसँगै रबिता थापा मगरको नृत्य रहेको छ । दुबै जनाको जोडी गज्जब देखिएको छ ।

यस्तै भिडियोमा आयारन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ । बिपि फिल्म नेपालबाट निर्माण भएको यस गीतको भिडियो करन चैसिरले खिचेका हुन् भने प्रबिन भट्टले सम्पादन गरेका हुन् । सरजन थापा मगरको कोरियोग्राफि तथा निर्देशन रहेको भिडियो हङकङमा रहेका निलम थापा मगर र जापानमा रहेकी इन्दिरा पिथाकोटी मगरले निर्माण गरेका हुन् । गीतमा सबटाइटल समेत राखिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.