सन्तुको तिहार विशेष सोरठी गीत ‘शिरै चढाउँला’ सार्वजनिक (भिडियो)



काठमाडौँ। सन्तु थापाको तिहार विशेष सोरठी गीत ‘शिरै चढाउँला’ सार्वजनिक गरिएको छ। गुल्मी जिल्लाको चन्द्रकोटमा छायांकन गरिएको गीतमा गुल्मीकै स्थानिय कलाकारको अभिनय देख्न सकिनेछ।

मन ब.थापा, भुपाल थापा,बाबुराम थापा,सन्तु थापा,गिता पाइजा, चन्द्रा थापा र अमृता थापाको स्वर रहेको गीतमा अमृता गुरुङ, परिना थापा,भुपाल थापा,टिकाराम थापा र श्रीप्रसाद दर्लामीले अभिनय गरेका छन्।

गीतको निर्देशन सन्तु थापाले गरेका हुन्। राजेश थापाले छायांकन गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ। केशब आलेले कोरियोग्राफी गरेको भिडियो सन्तु थापाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।