पल शाह र मुन्नीको जोडीलाई दर्शकले कति रुचाए ?



काठमाडौँ। संगीतकार बादल घिमिरेको ‘बैगुनी १’ रेलले तान्यो र ले दर्शक श्रोताको राम्रो साथ पाउन सफल भएको थियो । पछिल्लो समय गीतको पनि सिक्वेल बन्ने चलन सुरु भएको छ। पहिलो गीतलाई दर्शकले सम्झे पछि त्यसको सिक्वेलको रुपमा अर्को गीत ल्याउदा सफल हुन्छ भन्ने सोचका साथ गीतको सिक्वेल बन्ने गरेका हुन्।

बादल घिमिरेको संगीतमा बुद्धिमान श्रेष्ठ र मेलिना राइको स्वरमा ‘बैगुनी २’ शीतल छायाँलाई सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा बादल घिमिरेकै शब्द रचना रहेको छ। दीपक आचार्य (काकु) ले निर्देशन गरेको भिडियोमा पल शाह र प्रियना आचार्य (मुन्नी) को साथमा कमलमणी नेपाल, रामभजन कामत, अकेशा पोखरेल लगाएतको अभिनय रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफीमा उत्सव दाहलले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन्।

दुई हप्ता अघि सार्वजनिक भिडियोले यु ट्युबमा ६ लाख भन्दा बढी भ्युज पाएको छ। भिडियोलाई २२ हजारले लाइक र करिब २ हजारले कमेन्ट गरेका छन्। कमेन्ट गर्ने सबैले गीत र भिडियो राम्रो बनेको भनेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.