साम्राज्ञीले खेलेको म्युजिक भिडियो सार्वजनिक (भिडियो)



काठमाडौँ। अभिनेत्री साम्राज्ञी आर एल शाह म्यूजिक भिडियोमा देखिएकी छिन । उनि नेहा आर एल शाहको आवाज रहेको ‘तिमी र म’ बोलको गितमा मोडलको रूपमा देखिएकी हुन । साम्राज्ञीलाई यो गितमा पुरूष मोडलको रूपमा देबांस राणाले साथ दिएका छन । साम्राज्ञी अभिनित यो दोश्रो म्युजिक भिडियो। चलचित्र ‘ड्रिम्स’बाट नेपाली रजतपटमा प्रवेश गरेकी शाहले २०१५ मा एउटा म्युजिक भिडियोमा काम गरेकी थिइन्। सार्वजनिक यो भिडियो उनको पहिले भिडियो भनेर प्रचार गरीएको छ। तर,यो उनको दोश्रो म्युजिक भिडियो हो।

गायिका नेहा आर एल शाह अभिनेत्री साम्राज्ञी आर एल शाहकी आमा हुन । साम्राज्ञीले आमाले गाएको गीत भएर नभई गितको मर्म बुझेर र गीत राम्रो लागेर आफूले अभिनय गरेको कुरा बताएकी छिन। ‘तिमी र म’ बोलको गीतको भिडियो बोधी एच डी यूटुब च्यानलबाट सार्बजनीक गरिएको हो । बोधी एच डी यूटुब च्यानलका लागि रमेश एम के पौडेलको प्रस्तुतिमा निर्माण भएको यो भिडियोको निर्देशन बिशेसदेब पाण्डेले गरेका हुन । बिराज गौतमले लेखेको यो गीतमा संगीत पनि गौतमकै रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.