पुष्प र चक्रको ‘निरमाया’ बनिन् कविता (भिडियो)



काठमाडौं। नेपाली लोक गीत ‘निरमाया’ सार्वजनिक गरिएको छ । अन्जु पन्त, रबिन गुरुङ र निश्चल गुरुङको स्वर रहेको यस गीत मंगलबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा नायक पुष्प खड्का, डान्सर कविता नेपाली तथा गायक तथा मोडल चक्र बमको अभिनय रहेको छ ।

कार्यक्रममा नायक पुष्पले भिडियोमा काम गर्दाको अनुभव सुनाउँदै भने, ‘मैले पछिल्लो समय म्युजीक भिडियो कम गर्न थालेको छु । यो गीतको टिम यति राम्रो छ, गीत उत्तिकै मिठो छ । यो गीत छाड्नै सकिन ।’ यस्तै गीतकी डान्सर कविता नेपालीले नयाँ टिमसँग का मगर्न पाउँदा खुसी लागेको बताइन । कविताले नायक पुष्पसँग पहिलो पटक स्क्रिन सेयर गरेकी हुन् । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाइ अजय रेग्मीले छायाँकन र प्रबिन भट्टले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.