‘कृष्ण लिला’ मा श्रद्धा क्षेत्री अनुबन्धित



काठमाडौँ। छायाँकनमा जान तयार भएको चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् । अभिनेत्रीको रुपमा दीपिकाको ठाउमा श्रद्धा भित्रिएको निर्माण टिमले जानकारी दिए ।

दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पिडित रहेको र चलचित्र अभिनय गर्न असमर्थ भएको उनका पति दीवाकर भट्टराईले बताएको कारण चलचित्रमा अभिनेत्री परिवर्तन गर्नु परेको निर्माण टिमको भनाई छ । मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले अव चलचित्रमा अभिनेता पुष्प खड्कासँग अन स्क्रिनरोमान्स गर्नेछिन् ।

चलचित्रमा श्रद्धाको अलवा पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रको मंसिर १५ गतेबाट छायाँकनमा सुरु हुने जनाइएको छ ।

दीपक ओलीले निर्देशन गर्न लागेको चलचित्रका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको चलचित्र शिव ढकालले खिच्दैछन् ।