आदित्य र एलिनाको ‘ए सानु’ सार्वजनिक (भिडियो)



काठमाडौँ। आदित्य बुढाथोकी र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ।’ए सानु’ बोलको गीतमा बिमला हुमागाईंको शब्द रचना तथा आदित्य बुढाथोकीको संगीत रहेको छ। गायक आदित्यकै निर्देशन रहेको भिडियोमा दिक्पाल कार्की र सुनिशा बजगाईं फिचर्ड छन्। मुकेश हुमागाईंको छायांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन तथा मिलन बिस्वकर्माले कलर संयोजन गरेका छन्। भिडियोमा शिव बिकको कोरियोग्राफी रहेको छ।