सुमिनाले आफ्नो बोलि फिर्ता लिईन


sumina ghimire 420 320 सेलिब्रेटी नेपाल १८ बैशाख-एक महिना अघि चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य विजय आवाज सुवेदीलाई ज्यान लिने किसिमको धम्की दिएकी नायिका सुमिना घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो बोली फिर्ता लिएकी छन् ।समाचार लेखेको आधारमा पत्रकार आवाजलाई नायिका घिमिरेले धम्की दिएपछि उनको चौतर्फी विरोध भएको थियो । सुमिनाले विज्ञप्तिमा आवाज र आफूबीच भएको टेलिफोन संवादमा आफूबाट व्यक्त भएका भनाइ नियतवश नभई आवेशमा भएकाले फिर्ता लिएको जनाएकी छन् । यसैबीच संघले पनि नायिकाको भनाइलाई स्वागत गर्दै आगामी दिनमा कुनै पनि कलाकार र चलचित्रकर्मी तथा पत्रकारबीच सुमधुरसम्बन्ध रहने तथा सबैले पत्रकारिता जगतको सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास लिएको संघका महासचिव लक्ष्मण सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सुमिनाको संग सम्बन्धित यी पनि हेर्नुस >>>>>>>>>>>>

नायिका द्वारा पत्रकारलाई ज्यान मार्ने धम्कि

सुमिना घिमिरेलाई बहिष्कार सम्म गरिने

Copyright © 2012 - 2026 | All Right Reserved.