नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गमा (भिडियो)



काठमाडौँ। कमेडी चलचित्र ‘१२ मासे’ यु ट्युबमा सार्वजनिक गरिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्र एक हप्ता अघि हाइलाइट्स नेपालको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो। जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको चलचित्रलाई यु ट्युबमा हेर्ने दर्शकले मन पराएका छन् । नक्कली प्रचण्डको नामले परिचित हाँस्य कलाकार प्रदिप पाठकले लेखन तथा निर्माण गरेको चलचित्र ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गको सात नम्बरमा रहेको छ । यो समाचार तयार पार्दा सम्म चलचित्रकोले ५ लाख ८१ हजार बढी भ्युज पाएको छ।

लय संग्रौलाले निर्देशन गरेको चलचित्रमा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ ।बासु न्यौपानेले छायांकन गरेको चलचित्रलाइ अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.