‘ए मेरो हजुर ४’ फर्स्ट लुक पोस्टर सार्वजनिक



काठमाडौँ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक फर्स्ट पोस्टरमा अनमोल सुहाना संगै कुकुरलाई पनि समाबेश गरिएको छ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र फूलपातीमा प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको थियो तर कोभिड १९कोरोना भाइरसका कारण प्रदर्शनमा आउन सकेन । झरना थापाको निर्देशनमा बनेका ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट भएका थिए । त्यसैले ‘ए मेरो हजुर ४’ले पनि त्यस्तै सफलता पाउने आशा गरिएको छ । चलचित्रमा अनमोल र सुहानाले दोस्रो पटक जोडी बाँध्दैछन् । ‘ए मेरो हजुर ३’मा यस जोडीलाई अत्याधिक रुचाइएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.