सन्तोष सेनको निर्देशनमा ‘निदाउके सपनीमा’ भन्दै मनिष र रेश्मा (भिडियो)



काठमाडौँ। चलचित्र ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गरेको दुई डाक्टरको प्रेमकथामा आधारित सांगीतिक भिडियो ‘निदाउके सपनीमा’ सार्वजनिक भएको छ । दशैँको छेकोमा सार्वजनिक भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कबिता श्रेष्ठको स्वर रहेको छ । रमेश कुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको संगीत रहेको छ ।

भिडियोमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरेको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोले फ्रन्टलाईनमा रहेर बिरामीको उपचार गर्ने क्रममा आँफै संक्रमित हुनुपरेपछिको अवस्थालाई देखाएको छ । भिडियोमा बिहेपछि पहिलो पटक दशैँ मनाउन तयारी गरिरहेको बेला रेश्मालाई कोरोना संक्रमण भएपछि अस्पतालमा नै टिका लगाएको दृश्य तथा उपचारको क्रममा सिसा बाहिरबाट श्रीमती हेरेर रुनु पर्दाको दृश्यहरु कारुणिक रहेका छन् ।

बिरामीको उपचारमै रहँदा कोरोना संक्रमण भएका डाक्टरलाई समाजले गरेको दुर्व्यवहार सम्झँदै निर्देशक सेन भन्छन्, ‘जीवनमा सबैभन्दा नजिक भएको मान्छे चाड पर्वको समयमा कोभिड-१९ बाट संक्रमण हुँदा कसैको मनमा के बितेको होला ! त्यहिँमाथी कोरोना संक्रमणपछि समाजले छिछि दुर दुर गर्ने, हेला भावले हेर्ने गरेको पाईयो । आफ्नो ज्यानको बाजी राखेर उहाँहरुले नै फ्रन्टलाईनमा बसेर बिरामीको उपचार गरिरहनु भएको हुन्छ । उहाँहरुले कोरोना संक्रमित भनेर कसैको अपहेलना गर्नुभएको छैन । उहाँहरुको कामलाई सम्मानस्वरुप यो गीत ल्याएका हौँ ।’

अभिनेता मनिष राउतले फ्रन्टलाईनमा काम गर्नेहरुको ‘डेडिकेशन’लाई सांगीतिक रुपमा देखाउन खोजेको बताए । ‘आशुसेन फिल्मससँग म एकदमै नजिक छु, जसको कारण पनि म यो भिडियोमा जोडिने अवसर पाएको हुँ ।

आशुसेन फिल्मसको प्रस्तुतीमा बनेको गीतका निर्माता प्रितम बिष्ट हुन् । पुरुषोत्तम प्रधानको डिओपी रहेको छ भने भुपेन्द्र अधिकारीको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिंग रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.