जनकदिपको निर्देशनमा भब्य सेटमा छायाँकन गरिएको भजन सार्वजनिक (भिडियो)



काठमाडौँ। उत्साह कान्त मैनालीको स्वरमा रहेको शिव भजन सार्वजनिक गरिएको छ। रिमेश कुमारको संगीत रहेको भजनमा शब्द रचना गायक स्वयम् मैनालीको रहेको छ। जनकदिप पराजुलीको निर्देशनमा बनेको भजनको भिडियो उत्कृस्ट बनेको छ। ‘जय भोले’ बोलको शिव भजनलाई सन्तोष राजबाहकले कोरियोग्राफी गरेका छन्।

सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियोलाई सागर प्रधानले छायाँकन र धुर्बराज पराजुलीले सम्पादन गरेका छन्। भब्य सेट लगाएर छायांकन गरिएको भजनको सेट सिंगे लामाले डिजाइन गरेका हुन्। भिडियोमा सुनिल कटुवाल र कविता न्यौपाने फिचर्ड छन्। शिव भजन ओएसार डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.