आशिष सचिनको डन्सिङ गीत ‘पानी बादलु’ सार्वजनिक



काठमाडौँ। गायक आशिष सचिनको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिष सँगै रेश्मा पुनले स्वर दिएकी छिन् । डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिन आफैँ फिचर भएका छन् । उनीसँगै भिडियोमा एलिशा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय रहेको छ ।

गम्भिर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका छन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.