द भाइब्ज व्याण्डको ‘मात्र तिमी’ सार्वजनिक (भिडियो)



काठमाडौँ। नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहार स्वरुप म्युजिक भिडियो सार्वजनिक गरेको छ। व्याण्डले विजया दशमी २०७७ का अवसरमा ‘मात्र तिमी’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेको हो। अमेरिकाको क्यालिफोर्नियास्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र निर्देशनमा तयार भएको हो। भिडियोमा व्याण्डका गितारिष्ट रुपक लामा र उनको पत्नी इन्दिरा राईले अभिनय गरेका छन्।

भाइब्जको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। द भाइब्ज व्याण्डले केही अघि मात्र आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको थियो। व्याण्डले २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादुु बोलको गीत अनप्लग्ड भर्सनमा ल्याएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.