अञ्जुसँग डिबिले ल्याए ‘ताप्लीको रानीपोखरी’



काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक गरिएको छ । पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाएकी छन् । गायक तथा संगीतकार डिबी खड्का हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर छन् । यो गीतमा पनि उनले केही नौलो शैली दिने कोसिस गरेका छन् । अच्युत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतका संगीत एरेन्ज देबेन्द्र नेवाले गरेका छन् ।

सार्वजनिक भिडियोमा अञ्जली अधिकारी, शोभित प्रसाई फिचर्ड छन् । प्रकास खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.