संचारकर्मी रघुनाथ सापकोटाको ‘तिमि नै मेरो संसार’सार्वजनिक



काठमाडौँ। संचारकर्मी रघुनाथ सापकोटाको शब्द रचना रहेको ‘तिमि नै मेरो संसार’बोलको गीत सार्वजनिक गरिएको छ। २०५९ सालमा एकल शब्द रचनामा दुई वटा एल्बम निकाली सकेका सापकोटाले झन्डै १७ वर्ष पछि यो गीत रेकर्ड गराएका हुन्। रिमेश कुमारको संगीत रहेको गीतमा एलिना चौहान र राज कुमार गिरीको स्वर रहेको छ। बिश्व अधिकारीले संगीत संयोजन गरेको गीतले एउटा प्रेमी कसैको मायामा परे पछिको भाव बोकेको छ।

पछिल्लो समय म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिक र भिडियो बनाउने बजेट गीत संगीतले उठाउन नसक्ने देखेर यो गीतलाइ स्टुडियोमा मात्र खिचेर सार्वजनिक गरिएको सापकोटाले बताए। सागर प्रधानले छायांकन गरेको भिडियोलाई ध्रुबराज पराजुलीले सम्पादन गरेका छन्। टाइम्स म्युजिकको यु ट्युब च्यानलबाट सार्वजनिक गीतलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.