नेपाल भाषा गीत ‘चुलि जाल न्हां’ सार्वजनिक (भिडियो)



काठमाडौं । आफ्नो कला, संस्कृति जगेर्णाकाको लागि भाषिक गीतको भिडियो निर्माण हुने क्रमले तिब्रता पाएको छ । यसै क्रममा पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा चर्चामा रहेकी गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत सार्वजनिक गरेकी छन् । पप आधुनिक सबै खाले भाकाको गीत गाउँदै आईरहेकी भएपनि नेपाल भाषा अर्थात नेवारी भने दर्शनाको पहिलो गीत हो । जनकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत, नरेन्द्र महर्जनको प्रस्तुती रहेको ‘चुलि जाल न्हां’ बोलको गीतको भिडियोका निर्देशक रुशिल अमात्य हुन् भने नेहा तामाङको कोरियोग्राफर रहेको छ । भिडियो गायिकाको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।