रुपक र एलिनाको स्वरमा ‘भुल्यौं कि मायाले’ (भिडियो)



काठमाडौं। लामो समयदेखि पत्रकारितामा सक्रिय गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक गरिएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक गरिएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बममा समावेश छ ।
सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल र निकिशालाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङलाई फिचरिङ गरिएको छ । नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयम्को रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको गीतको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.