‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरमा सलोन र रियाषा (भिडियो)



काठमाडौं । चलचित्र ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक गरिएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ । गीतमा सलोन बस्नेत, रियाशा दाहाल, जयकिशन बस्नेत, अस्मिता जुरेलीलगायत फिचर्ड छन् । गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको हो ।

गीतमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, गौतमराज खड्काको सम्पादन छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसारचलचित्र डिसहोम, म्याक्स डिजिटल र नेट टिभीमा प्रदर्शन हुनेछ । जाहान्वीको शीर्ष भूमिका रहने चलचित्रमा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.