ओमको गीतमा ‘कोलम्बसकी कान्छी’बनिन् अलिशा



काठमाडौँ। लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि जनाउंने भएको छ । यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा ‘कोलम्बस की कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतलाई ओम सुनारले गाएका हुन भने संगीत पनि उनकै रहेको छ । गीतको रचना तारा फूयांलले गरेका हुन।

मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा अलिशा शर्मा र डिमोन क्षेत्रीले अभिनय गरेका छन । यो भिडियो नेप आर्ट डिजिटल यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन । गोदावरी वरीपरी छायांकन गरिएको यो गीत चार मिनेट लामो छ।