टुल्साङ र रोश्नीको ‘ए बिना’ सार्वजनिक (भिडियो)



काठमाडौँ। तामाङ चलचित्रका नायक टुल्साङ तामाङ मोक्तानले नयाँ तामाङ गीतको भिडियोमा अभिनय गरेका छन् । खसु न्हाङ्ला दिनी, दोखाङ लगायतका तामाङ चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका मोक्तानको यो पहिलो म्युजिक भिडियो हो ।

गायक एवं संगीतकार निमा दोङ र पुजा तामाङको स्वर रहेको ‘ए बिना’ बोलको गीतमा शब्द र संगीत निमा दोङकै रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा मोक्तनसँग तामाङ चलचित्रकै नायिका रोश्नी ब्लोनले अभिनय गरेकी छिन् ।

सार्वजनिक गीतमा संगीत संयोजन चान्द सिँहको रहेको छ । अमिर दोङको सम्पादन र निर्देशनमा तयार भिडियोमा भीम बहादुर तामाङको छायाँकन, युद्ध लामाको कोरियोग्राफी, सुर्य लामाको कलर रहेको छ । निमा दोङ स्थापित गायक एवं संगीतकार हुन्, टुल्साङ तामाङ मोक्तानको पहिलो म्युजिक भिडियो भएपनि उनले अभिनय गरेका तामाङ चलचित्रलाई दर्शक स्रोताले निक्कै रुचाएका छन् । प्रेमिल शब्दले भरिपूर्ण “ए बिना” ले सांगीतिक बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.