मिलन र राजनराज भन्दैछन् ‘ताल्चा लगाउ’ (भिडियो)



काठमाडौं । गायिका मिलन नेवार र राजनराज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ताल्चा लगाउ’ बोलको सो गीतमा राजनराजकै शब्द तथा संगीत रहेको छ ।

राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउ’को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेलाई फिचरिङ गरिएको छ । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन्। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन्।