माइती र चेलीको सम्बन्धको कथा ‘बन चरी'(भिडियो)



काठमाडौँ। गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ ।

माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको महान चाड दशैं र तिहारको झल्को दिन्छ । सार्वजनिक गीतमा अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।

भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । गीत तथा गीतको भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर जानुपर्दाको पिडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ । चाडबाड आउँदा आउने याद र टाढा हुनुको पीडा म्युजिक भिडियोमा महसुस गर्न सकिन्छ। साथमा गीतले आमा छोरीको सबन्धलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । गीतलाई बिजु कर्माचार्यले एरेन्ज गरेका हुन ।अनिल रानाले सम्पादन गरेको भिडियो भूपेन्द्र तुबहाम्फेले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.