एलिनाको ‘तलाश’ छायाँकनमा



काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा नयाँ चलचित्र ‘तलाश’ निर्माण भइरहेको छ । चलचित्रको हाल पूर्वी नेपालका विभिन्न स्थानमा छायांकनरत छ ।

चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रले समसामयिक विषयमा आवाज उठाउनेछ । उनले पछिल्लो समयमा नेपालमा महिला हिंसा बढ्दो रहेकाले त्यसका विरुद्धको कथा चलचित्रमा देखाइने बताए ।

चलचित्रमा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिङ्मा शेर्पाको अभिनय रहनेछ ।

दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन रहने चलचित्रमा रोशन बान्तवाको संगीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.