कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन



एजेन्सी । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा निधन भएको हो । कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार १ बजेर ४ मिनेटमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१मा हिन्दी फिल्मका गीत गायन सुरु गरेका थिए । कमल हसन अभिनित ‘एक दुजेके लिए’ फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट उनले बलिउड गायन करियर सुरु गरेका थिए । यो फिल्मको गीतबाट उनलाई नेशनल अवार्ड समेत मिलेको थियो ।

हिन्दी, तमिल, तेलगु र कन्नड गरेर ४ भाषामा ६ नेशनल अवार्ड जितेका बालासुब्रमण्यमले कमल हसन, रजनीकान्तदेखि शाहरुख र सलमान खान जस्त पुरै बलिउड स्टारहरुका लागि फिल्म गीत गाएका छन् ।

बालासुब्रमण्यम डबिङ कलाकार पनि थिए । कमल हसनको धेरै तेलुगु फिल्म उनले नै डबिङ गरेका थिए । डबिङका लागि उनलाई दुई पटक नन्दी पुरस्कार समेत मिलेको छ । अनिल कपुर, गिरिशकरनाड, मोहनलालदेखि रजनीकान्तसम्मको तेलुगु फिल्ममा उनले डबिङ गरेका छन् । एक समय उनको आवाजलाई नै सलमान खानको आवाज सम्झिन्थ्यो । सलमानको सुरुवाती करियरमा उनले धेरै गीत गाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.