पुजा र आकाशको जोडी म्युजिक भिडियोमा



काठमाडौँ। प्रताप दास र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । प्रल्हाद शाहको शब्द र सुभाष भुषालको संगीत गरेको ‘चांनचुन पैसा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा आकास श्रेष्ठ, पुजा शर्मा, गीता ढुंगाना र सन्तोष बानियाँ फिचर्ड छन् ।

पुजा आकाशको जोडीलाई दर्शकले चलचित्र ‘राम कहानी’बाट राम्रै प्रतिक्रिया दिएका थिए। अब म्युजिक भिडियोमा यो जोडीले कस्तो प्रतिक्रिया पाउने छ केहि दिनमा थाहा हुनेछ।

शिशिर श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा नबराज उप्रेतीको छायांकन,सुबोल थापाको कोरोयोग्राफि रहेको छ । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.