लक्ष्मी र नेत्रको ‘रथ’ मा लोमश र कविताको सुहाएको जोडी (भिडियो)



काठमाडौं । लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको लोक तथा दोहोरि गीत’रथ’भिडियो सार्वजनिक गरिएको छ। राज कुमार बगरको शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ। स्मृति तिमल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको भिडियोलाइ सुरेश श्रेष्ठले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन्।

भिडियोमा लोमश शर्मा र कविता न्यौपाने फिचर्ड छन्। भिडियोमा कविता र लोमशको जोडी सुहाएको छ। नृत्यमा पोख्त दुवैले आकर्षक नृत्य गरेका छन्। भिडियो लक्ष्मी न्यौपानेको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।