आकाश र एलिजा अभिनित लोक तथा दोहोरि गीत ‘सानु’ सार्वजनिक (भिडियो)



काठमाडौं। नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत ‘सानु’ मार्फत स्कृनमा देखिएका छन् । डि.ए.आर मुभिजले निर्माण गरेको लोक दोहोरी गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मि कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौरागको रहेको छ ।

प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम, नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र २ बर्षिय बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ । नायक आकाश र नायिका एलिजाले संगै काम गरेको यो पहिलो गीत हो ।

सार्वजनिक भिडियोमा छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं, कोरियोग्राफी सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतम, कला मनिक पाख्रिन, प्रोडक्सन म्यानेजर विवेक चौलागाई, प्रोडक्सन कन्ट्रोलर श्याम धिताल, ड्रोन सुरेश घिसिङ र मेकअप स्वस्तिका श्रेष्ठको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.