सुरज थापा र पुर्णकलाको ‘पैसाको अभाव’ सार्वजनिक (भिडियो)



काठमान्डौँ । गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा ‘पैसाको अभाव’ गीतको भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु संग ऋण लिएर परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ ।

रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज कृृष्ण केसीले गरेका छन । सुशिल डाँगी र राहुल राईको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सारिका केसी , जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भुमीकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।