अब पालो रोमान्सको (भिडियो सहित)



(सेलिब्रेटी नेपाल) १६ बैशाख -वीपी फुयाँल र एल.एन गौतमले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रल ‘रोमान्स’जेठ १० गतेबाट प्रदर्शनमा आउने भयको छ । चलचित्र ‘रोमान्स’ संवादका कारण अहिले चर्चामा छ । चलचित्रमा समावेश केही संवादहरु भद्दा र उच्छृङखल लाग्छन् । अहिले सेन्सरको आँखा सेक्स बिषयमा अलि कडा नै देखिने गरेको छ । यसैले पनि ‘रोमान्स’ मा सेन्सर बोर्डको आँखा लाग्न सक्ने धेरैको विश्लेषण छ । चलचित्रमा नव कलाकार स्मिता थपलियाको मुख्य भुमिका हेर्न सकिन्छ । स्मिताले चलचित्रको मुख्य बिषयबस्तुलाई बोकेकी छिन् । चलचित्रमा उनको हट अवतार देख्न सकिने निर्देशकले बताएका छन् । उनका अलवा यो चलचित्रमा विशाल पोखरेलको पनि अभिनय छ ।
हेर्नुस भिडियो >>>>

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.