‘साउने झरी’मा हेरुका र निरन्जलीको ठुम्का (भिडियो)



काठमाडौँ। मोडल तथा निर्देशक हेरुका लामा र निरन्जली लामा फिचर्ड ‘साउने झरी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजनिक गरिएको हो । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको शब्द रचना सुनिल दिप्त राईले गरेका छन्। तारा प्रकाश लिम्बु कै संगीत रहेको गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ।

सार्वजनिक भिडियोमा पेम्जोङ लामाको निर्माण, राम कुमार केसिको छायांकन, मनोज कार्किको कलर तथा दिलिप तामाङले सम्पादन गरेका छन्। भिडियोलाई उनै मोडल तथा निर्देशक हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन ।