सुनील क्षेत्री भन्दैछन् ‘म त बाग्लुङ तिमी पाल्पाको’ (भिडियो)



काठमाडौं । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुनील क्षेत्री र रेणु पुनसँगै अन्य कलाकार फिचर्ड छन् । करन चैसिरको छयाँँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।

‘स्कूल जाँदा सँगसँगै जान्थ्यौ
नजिक आउँथ्यौ बोल्न चाहीँ लजाउँथ्यौ’…’

सार्वजनिक गीतमा स्कुलमा पढदा हुने माया प्रेमका कुरालाई व्यक्त गरिएको छ । आफ्नो मनको प्रस्तुति रहेको सार्वजनिक गीतको भिडियो अनिल केसीको निर्माणमा तयार भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.