कमल खत्रीको ‘पानी पिउने बहाना’ सार्वजनिक(भिडियो)



काठमाडौं। गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् ।

पानी पिउने बहाना…’ शीर्षकको उक्त गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् । रिकेश गुरुङले गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् । कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय गरेका छन् ।

भिडियोमा कलाकारहरुलाई निकै आकर्षक शैलीमा अभिनय तथा नृत्य गराइएको छ । निर्देशक नितिन चन्दले यो म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

भिडियोलाई निर्देशक चन्दले नै सम्पादन गरेका हुन् । रुपेश थापाले यो भिडियो छायांकन तथा कलर करेक्सन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् । भिडियो कमल खत्रीको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.