दशैँ गीत ‘मर्ने बाच्नेको’सार्वजनिक (भिडियो)



काठमाडौँ। दशैँ आउन एकमहिना बढी समय बाँकी रहेको छ । तर बजारमा दशैका लागि भनेर तयार गरिएको गीतसंगीत आउन थालिसकेका छन् । यसै क्रममा खुमन अधिकारी र शान्ती श्री परियारको स्वर रहेको दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक गरिएको छ ।

शिव दर्शन फिल्मस्ले निर्माण गरेको भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाल लगायतको अभिनय रहेको छ ।

बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशन रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ । बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिरले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.