फिल्म छायाँकन, प्रदर्शन लगायतका विषयमा बैकल्पिक व्यवस्था गर्न निर्देशक पाण्डेको माग



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण ६ महिना देखि चलचित्र क्षेत्र ठप्प बनेको छ। बिगत ६ महिना देखि हल बन्द छन्। यो महामारीमा धेरै चलचित्रकर्मीहरुले आ आफ्नो तरिकाले ब्याख्या गरि रहेका छन्। निर्देशक देवेन्द्र पाण्डेले कोरोना महामारीका कारण फिल्म क्षेत्र तहस नहस भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले झण्डै छ महिनादेखि फिल्म क्षेत्र शून्यको अवस्थामा हरेको बताए । उनले फिल्मकर्मीहरू कोरोनाका कारण समस्यामा परेको बताएका हुन् ।

‘फिल्मकर्मीहरूलाई कोरोनाले समस्या बनाएको छ’, उनले भने, ‘चलचित्र विकास समितिले फिल्मकर्मीहरूका विषयमा विशेष कार्यक्रम ल्याउनुपर्छ ।’ कोरोनाका बेला चलचित्र विकास समिति सुतेर बसेको भन्दै पाण्डेले असन्तुष्टि जनाएका छन् ।

सरकारले उद्योग व्यवसायीहरू र विभिन्न क्षेत्रलाई राहत हुने कार्यक्रम दिएको बताएका निर्देशक पाण्डेले भने, ‘चलचित्र क्षेत्रलाई कसरी रिकभरी गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ । सरकारले विशेष कार्यक्रम ल्याएर काम सहयोग गर्नुपर्छ ।’

चलचित्र निर्देशक समाज, निर्माता, कलाकार, मजदुर लगायतका संघ संस्था र सरोकारवालाहरूबीच सामूहिक छलफल गरेर कोरोना महामारीका बेला कसरी अगाडि बढ्ने भन्नेबारेमा पहल गर्नुपर्ने बताए ।

कोरोना महामारीले दैनिक जीवनमा ठूलो समस्या बनाएको निर्देशक पाण्डेले बताए । ठूला फिल्म, डकुमेन्ट्री र म्युजिक भिडियोहरू निर्देशन गरेका पाण्डेले भने, ‘मलाई कोरोना महामारी र आर्थिक समस्याले चिन्तित तुल्याएको छ । फिल्म क्षेत्रमा रहेका मजदुरहरू कति समस्यामा परेका होलान् ?’

सरकारले फिल्म छायाँकन, प्रदर्शन लगायतका विषयमा बैकिल्पक व्यवस्था गर्ने विषयमा मापदण्ड आवश्यक रहेको निर्देशक पाण्डेले बताएका छन् ।

कोरोना महामारीका बेला पनि केही म्युजिक भिडियोहरू निर्देशन गरेका पाण्डेले सानो समूहमा काम गरेर खाने वातावरणमा सरकारले सहयोग गर्नुपर्ने बताए । उनले फिल्म क्षेत्रको अधिकारका नाममा खुलेका संघ संस्थाले कलकार र प्राविधिकहरूका विषयमा छिटो सोँचेर निर्णय लिनुपर्ने सुझाव दिएका छन् ।