उदय र मनिलाको ‘एउटा गजल तिम्रो लागि’ (भिडियो)



काठमाडौं । गीतकार सुरेश वाग्लेको नयाँ गजल गीत ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक गरिएको छ । विहीवार नेपाली वेबसाइट युट्युव च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा अग्रज संगीतकार तथा गायक उदय सोताङको संगीत तथा उनै सोताङ दम्पतीको स्वर सुन्न सकिन्छ । प्रेमिल शब्दले भरिएको गीतमा सोताङ दम्पतीको वास्तविक जीवनलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

गीतको भिडियोमा उनै उदय र मनिलाको अभिनय देख्न सकिन्छ । सान थापाको निर्देशनमा तयार गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.