करिश्मा भन्छिन्, : छोरीको फिल्ममा आउने रहर मेटिएजस्तो छ


काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत फिल्म उद्योगमा डेब्यू गर्दै थिइन्। तर, लामो समयदेखि यो फिल्म विचमै अल्झिएको छ। जसका कारण कविताको डेब्यू फिल्म प्रदर्शनमै नआउने हो की भन्ने अन्योलता बढेको छ।

३ दशकदेखि फिल्ममा सक्रिय करिश्माकी छोरी परिवार र आफ्नो रहरबमोजिम फिल्ममा डेब्यू गर्दै थिइन्। हिजोआज भने कविताले फिल्मको रहर नगरेको करिश्माले बताएकी छिन्। हालै एक टेलिभिजनसंगको कुराकानीमा करिश्माले कविताको विचमै रोकिएको डेब्यू फिल्मबारे भनेकी छिन् ‘सबै कुराले पूर्णता पाउँछ भन्ने छैन्। त्यो बेलामा फिल्ममा आउने रहर गर्यो। अहिले उसको रहर मेटिएजस्तो छ, अहिले रहर गर्दैन्।’

दिपेश सापकोटाले निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको जोडीको रुपमा कविता देखिँदै थिइन्। प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नायिका करिश्मा मानन्धर, नायक शिव श्रेष्ठले पनि ‘एउटा यस्तो प्रेम कहानी’मा अभिनय गरेका थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.