कलाकार बिदेशिंदा निर्माता निर्देशकलाई सास्ती



(सेलिब्रेटी नेपाल) १४ बैशाख- एक समयका निकै चर्चित र व्यस्त नायक विराज भट्टलाई निर्देशक दिपक श्रेष्ठले चलचित्र हिम्मत–२ मा दोहोरो भूमिकामा अभिनय गरायका थिए ।अहिले चलचित्र हिम्मत–२ राजधानीमा रिलिज भएको छ तर नायक भट्ट भारतमा छन् । यो सिनेमाकी नायिका युना उप्रेती पनि अमेरिकामा छिन् ।सोही कारण यी निर्देशकलाई अहिले आफ्नो चलचित्रको प्रचार गर्न निकै सास्ती भोग्नु परेको छ । दुबै कलाकारलाई दोहोरो भूमिकामा काम गराएर पनि रिलिजमा उनीहरु नहुँदा आफुले सास्ती खेप्नु परेको उनले बताएका छन् ।
रेखा फिल्म्सको ब्यानरमा बनेको हिम्मत सुपर हिट भयको थियो त्यसै कारण निर्देशक दिपक श्रेष्ठले आफ्नै लगानीमा हिम्मत–२ निर्माण गरेका हुन् । उपत्यका बाहिर दुइ वर्ष अघि नै रिलिज भै सकेको चलचित्रको काठमाडौँ रिलिज भर्खर पालो आयको हो । बलिउड हलिउड तिर चलचित्र प्रदर्शन हुँदा कलाकार हरु सबै कम छाडेर प्रचार प्रसारमा लाग्ने गर्छन । नेपालमा कलाकार सुटिंग सकिय पछि काम सकियो भनेर साइड लाग्ने गर्छन । नेपालमै भयका हरु त कतिपय चलचित्र रिलिज हुँदा समय नदिने गर्छन अब बिदेशमा भयका को त के कुरा ?