रोशन र विक्रमको ‘तिमिलाई सम्झिदा’सार्वजनिक



काठमाडौँ। रोशन बालुवाको स्वर तथा संगीतमा रहेको नयाँ गीत ‘तिमिलाई सम्झिदा’सार्वजनिक गरिएको छ। बिक्रम केसीको शब्द रचना रहेको गीत आधुनिक मेलोडियस बनेको छ। बुद्ध स्याँग्बाको संगीत संयोजन रहेको गीत सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। ‘तिमिलाई सम्झिदा पनि तिमिलाई बिर्सिदा पनि किन दुख्छ छाती किन मन लाग्छ एक्लै रुन हरेक दिन राति’ भन्दै गीतले प्रेमीकाको यादहरु समेट्न खोजेको छ।